दफा १७
नेपाल सरकारको विशेष अधिकार
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी कार्यालय र सो सूचनामा तोकिएका संगठित संस्थाहरुलाई आफनो कार्यालय वा संस्थामा कार्यरत कर्मचारी तथा कामदारहरूले पाउने मासिक पारिश्रमिकबाट सोही सूचनामा तोकिएको अवधिका लागि तोकिएको प्रतिशत बराबरको रकम अनिवार्य रुपमा कट्टी गरी लगानीकर्ता हिसाब योजनामा जम्मा गर्न आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको आदेशको पालन गर्नु सम्बन्धित कार्यालय वा संगठित संस्था र त्यस्तो कार्यालय वा संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको कर्तव्य हुनेछ ।